२९ फाल्गुन २०८२, शुक्रबार
जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यिनै विषयमा छलफल गर्न आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवासँग सरकार विस्तारका विषयमा छलफल भएको बताइको छ । प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।


यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल,उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो ।