प्रधानमन्त्री देउवा र प्रचण्डबीच फेरि भेटवार्ता

होमल्याण्ड खबर

२०७८ श्रावण १२ गते, मंगलवार १७:२२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न करिब सवा तीन बजेदेखि करिब ३५ मिनेट भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।

यसअघि मंगलबार बिहान पनि प्रचण्ड र देउवाबीच बालुवाटारमै भेट भएको थियो । भेटमा मन्त्रिपरिषद् बिस्तारसहितका समसामयीक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।