बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरु

होमल्याण्ड खबर

२०७८ श्रावण १३ गते, बुधबार १३:३६ मा प्रकाशित

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे कसरी निकास दिने भन्नेबारे छलफल हुने स्रोतको भनाइ छ ।

संस्थापन पक्षले नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा राजनीतिक निर्णयका आधारमा सहमति खोज्नुपर्ने तर्क गर्दै आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसहित संस्थापन इतर पक्षले विवादित क्षेत्रको हकमा १३ औं महाधिवेशनकै आधारमा क्रियाशील सदस्य कायम राखेर महाधिवेशनमा जानुपर्ने तर्क राखेको छ ।