पूर्वमाओवादीका चार नेताले सर्वोच्चमा दायर गरेको रिटमा सुनवाइ हुँदै

होमल्याण्ड खबर

२०७८ श्रावण १४ गते, बिहीबार ११:५६ मा प्रकाशित

नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको
आज सुनुवाइ हुँदैछ ।

हिजो नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदैछ ।

गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।