२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो ३ बजे बस्ने बैठकमा समसामयिक राजनीतिका साथै तीनवटा एजेन्डामाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सदस्यहरुलाई पनि बोलाइएको छ । तर नेपाल समूह सो बैठकमा नजाने भएको छ । यसअघिका बैठकमा पनि नेपाल समूह अनुपस्थित रहँदै आएको थियो ।


एमालेले यही साउन २५ गते विधान महाधिवेशनको तयारी गरेको छ ।
एमालेमा माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन दबाब बढ्दै गएको छ ।
सहमतिका नाममा नेपाल पक्षलाई अब लामो समयसम्म कुर्न नसकिने एकालेको रणनीति रहेको छ । अध्यक्ष केपी ओलीले अब नेपालसमूहलाई कुर्न नसकिने भन्दै पार्टीमा आउनेलाई सम्मानका साथ समेट्ने र नआउनेलाई छाडेर १० बुँदे सहमतिअनुसार अगाडि बढ्ने बताइसकेका छन् ।