माधव नेपाल जस्ता नेतालाई पार्टीमा ठाउँ छैन : एमाले अध्यक्ष ओली

होमल्याण्ड खबर

२०७८ श्रावण १६ गते, शनिबार १५:११ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै एमाले अध्यक्ष ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘माधव नेपाल बाहेक अन्य नेताहरुबाट गल्ती भएपनि त्यसलाई स्विकार्न सकिने अध्यक्ष ओलीले बताए । तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।