२९ फाल्गुन २०८२, शुक्रबार
प्रतिनिधिसभाको बैठकमा ‘केपी बा आई लभ यू’ नारा घन्किएको छ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले छोटो सम्बोधन गर्दै केपी बा आई लभ यू नारा लगाएका हुन् ।
बैठकमा बोल्दै बस्नेतले अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रण गर्न खोप, खोप, खोप भने पनि जनताले पाउन नसकेको आरोप लगाए ।


यस्तै, उनले नयाँ सरकार बनेको ३ हप्ता हुँदासमेत मन्त्रिपरिषद विस्तार हुन नसकेको भन्दै प्रश्न गरेका थिए ।