२९ फाल्गुन २०८२, शुक्रबार
गृहमन्त्री बालकृष्ण खाँणले जयसिंह धामी बेपत्ताको घटनामा सरकारद्वारा गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनअनुसार हुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘म माननीयज्यूहरूको संवेदनसीलताको सम्मान गर्छु, यसमा सरकारले छानबिन समिति बनाएको छ, समितिले घटनास्थलमै पुगेरै छानविन गर्ने छ,’ गृहमन्त्री खाँणले भने, ‘तुइन तर्न सफल भएका चार जनासँग समितिले सोधपुछ गरेको छ, उहाँहरूको जानकारीलाई छानबिन समितिले मूल आधार बनाउने हो ।’


बैठकमा बोल्दै उनले छानबिन समितिको निष्कर्षलाई आधार बनाए दृढताका साथ सरकार अघि बढ्ने बताउँदै नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल दायित्व भएको बताए । संसद बैठकमा विशेष समय लिएर बोलेका उनले बेपत्ता धामीको नेपाली र भारतीय सुरक्षा निकायले खोजी गरिरहेको जानकारी दिए ।
घटनाको सत्यतथ्य लुकाएको भन्दै एमाले सांसदले विरोध जनाएका थिए ।