२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले चाहेमा आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्। तर संयुक्त सरकारमा आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्रीलाई दबाब नदिने उनले बताए। बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु।
हैन यो बेलाको सन्दर्भमा कुनै मन्त्रालयको जिम्मेबारी दिएर काम गराउनुपर्छ भन्ने उहाँलाई लाग्यो भने मन्त्री भएर काम गर्न तयार छु।’ थापाले संयुक्त सरकारका आफ्नै सीमा हुने भएकाले अप्ठ्यारो बेला आएको सरकारमा प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्ने बताए।

