भुटानबाट तीन लाख डोज अस्ट्रजेनिका खोप नेपाल आयो

होमल्याण्ड खबर

२०७८ श्रावण २२ गते, शुक्रबार १२:२२ मा प्रकाशित

भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज अस्ट्रजेनिका खोप नेपाल आइपुगेको छ । आज बिहान खोप नेपाल ल्याएको छ । भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाल पठाएको हो ।

नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ । ७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो ।