२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने नेता रघुजी पन्तले जानकारी दिए ।
बिहीबार पहिलो दिनको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए ।
त्यसरी धारणा राख्नेमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायत थिए ।

