२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका छन् । उनले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न पनि आग्रह गरेका छन् ।
उनले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि व्यवसायीहरुलाई आग्रह गरेका छन् । शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्र्दभमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरुलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका हुन् ।

