माओवादी अध्यक्ष प्रचण्ड र चिनिया राजदुत यान्छीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७८ श्रावण २४ गते, आईतवार ११:०० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राजदुत हाउ यान्छीबीच भेटवार्ता भएको छ । राजदुत यान्छी अध्यक्ष दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगेकी थिइन । यद्धपी भेटवार्ता भएको छलफलको विषय भने खुलाइएको छैन ।

छलफलका लागि बिहान ९ बजे खुमलटार पुगेकी राजदुत यान्छी डेढ घण्टापछि बाहिरिएकी छन् । चिनिया राजदुतसँगको भेटवार्ता सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न अध्यक्ष दाहाल बालुवाटार पुगेका छन् ।