२९ फाल्गुन २०८२, शुक्रबार
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ ।
दिउँसो एक बजे र १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।


अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो । त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्ण बहादुर घर्तीले पुनः प्रदेशसभाको दोस्रो बैठक सुरु गरेका थिए । बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाए । योसँगै प्रदेशसभाको विशेष अधिवेशन सकिएको छ ।