२९ फाल्गुन २०८२, शुक्रबार
सरकारले काठमाडौँ र तराईंका जिल्लाका बासिन्दालाई खोप लगाउन प्राथामिकता दिने भएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोपको अवस्थाबारे संसदलाई जानकारी गराउँदै अब सरकारले जनघनत्व बढी भएको क्षेत्रमा खोपलाई प्राथमिकता दिने बताएका हुन्।
मन्त्री श्रेष्ठले विद्यार्थी, खुला क्षेत्रमा रहेका नागरिक र व्यापारिक केन्द्रमा रहेका नागरिकलाई खोप दिने जानकारी दिए। उनले अहिलेसम्म एक करोड ७ लाख खोपको व्यवस्था भइसकेको जानकारी दिए। कुल जनसंख्याको ९ प्रतिशतले खोपको दुवै मात्रा लगाइसकेको मन्त्री श्रेष्ठले बताए।

