१२ मंसिर २०८१, बुधबार
सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएको छ ।
सञ्चारमाध्यममा मौद्रिक नीति प्रकाशित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका हुन् । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने बताएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैङ्कको मौद्रिक नीति सरकारले प्रस्तुत गर्ने बजेट जस्तै हुने भएकाले सार्वजनिक हुन अगावै लिक भएपछि यसले अर्थतन्त्रमा ‘असर’ गर्ने आर्थिक क्षेत्रका जानकारहरु बताउँछन् ।