दार्चुला तुइन प्रकरणको सत्यतथ्य शिघ्र सार्वजनिक गर्न सांसद बडु माग

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १६:१२ मा प्रकाशित

सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला तुइन प्रकरणको सत्यतथ्य शिघ्र सार्वजनिक गर्न माग गरे ।

उनले दार्चुला–तिङकर सडकलाई यथाश्रि सम्पन्न गर्नका निमित्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करीडोरबाट छुट्याएर दार्चुला–तिङ्कर खण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजनाका कार्यान्वयन गर्नका लागि सरकार सँग माग गरे ।

उनले भने– ‘दार्चुला तुइन घटनाको सत्यतथ्य शिघ्र सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र रोजगारी तथा बच्चाहरुको उचित शिक्षाको प्रवन्ध गर्न, शिलान्यास गर्न अलपत्र पारिएका चारवटै झोलुङ्गे पुलहरुको तत्काल निर्माण सुरु गर्न तथा लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न र भविष्यमा त्यस क्षेत्रका जनताले यसरी अवैधानिक र असुरक्षित तुइन तर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नका लागि र जनताको जिउ धनको रक्षाका साथै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि समेत निकै मन्द गतिमा निर्माणाधिन भइरहेको दार्चुला–तिङकर सडकलाई यथाश्रि सम्पन्न गर्नका निमित्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करीडोरबाट छुट्याएर दार्चुला–तिङ्कर खण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजनाका कार्यान्वयन गर्नका निमित्त म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु ।