कोभिड महामारीले अर्थतन्त्र पूर्ण ठप्प भएन : गभर्नर अधिकारी

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १६:५६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीको समयमा आर्थिक गतिविधि पूर्ण रुपमा ठप्प नभएको बताएका छन्।

उनले आज मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । भने, “कोभिड–१९ महामारीबाट अर्थतन्त्रमा पर्ने असर न्यूनीकरण गर्न अवलम्बन गरिएको पहलहरूले आर्थिक क्रियाकलाप सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुगेको छ।” यद्यपि, संक्रमणको लहर बारम्बार दोहोरिँदा आर्थिक क्रियाकलापहरू प्रभावित भएको राष्ट्र बैंकको ठहर छ।