यस्तो छ, कांग्रेसले ल्याएको नयाँ महाधिवेसन कार्यतालिका

होमल्याण्ड खबर

२०७८ श्रावण ३१ गते, आईतवार ०७:०९ मा प्रकाशित

नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेसनको नयाँ कार्यतालिका ल्याएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले पूर्वनिर्धारित महाधिवेसनको मितिलाई तीन महिना धकेल्दै मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

महाधिवेसनका सन्दर्भमा पार्टीभित्रको लामो विवादलाई सल्टाउँदै कांग्रेसले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसको तीन दिनसम्म चलेको लामो छलफलमा अन्य विभिन्न प्रस्तावहरु पनि सर्वसम्मतिले पारित भएको छ ।

महाधिवेसनका लागि भदौ १८ गतेबाट गाउँ तथा नगर वडा अधिवेसन गर्ने कार्यतालिका ल्याइएको हो ।

यस्तो छ नयाँ कार्यतालिका–
१.२०७८ भदौ १८ गते– गाउँ तथा वडा अधिवेसन
२.२०७८ भदौ २७ गते–गाउँ तथा नगरपालिका अधिवेसन
३.२०७८ असोज १ गते–प्रदेश तथा क्षेत्रिय अधिवेसन
४.२०७८ असोज ५ गते–प्रतिनिधिसभा क्षेत्रिय अधिवेसन तथा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेसन
५.२०७८ असोज १० गते–एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेसन
६.२०७८ कार्तिक १०, ११ र १२ गते–प्रदेश अधिवेसन
७.२०७८ मंसिर ९, १०, ११, १२ र १३ गते महाधिवेसन