२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ ।
हिजोबाट सुरु भएको पहिलो दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश भएको छ ।


अध्यक्ष प्रचण्डले प्रतिवेदनमा आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।