२९ फाल्गुन २०८२, शुक्रबार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ । दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको छ ।
समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई सोमबार बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्नेछ । अध्यक्षको प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की (पार्थ क्षेत्री), वागमती प्रदेशबाट नारायण दाहाल र गण्डकी प्रदेशको नेतृत्व गर्दै हितराज पाण्डेले धारणा राखेका छन् । माओवादीले आठवटा समूहमा विभाजित गरेर नेताहरुलाई धारणा राख्ने व्यवस्था मिलाएको छ ।

