आफ्नो देशमा सरकार छ भन्ने अफगानिस्तानमा फसेका नेपालीले थाहा पाएनन् : बास्कोटा

होमल्याण्ड खबर

२०७८ श्रावण ३२ गते, सोमबार १४:३० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद गोकुल बास्कोटाले अफगानिस्तान फसेका नेपाली नागरिकले आफ्ना देशमा सरकार छ भन्ने थाहा नपाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धारमा सरकारले चासो नदिएको भन्दै आक्रोश पोखेका हुन् ।

बास्कोटाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्र नेपालले सदस्य राष्ट्र अफगानिस्तानमा भएको घटनामा पहल गर्न चाँसो नदिएको उनको आरोप छ ।

बास्कोटाले सरकारले अफगानिस्तान घटनाबारे संसदलाई जानकारी गराउन पनि माग राखे । ’त्यहाँका नागरिक सुरक्षित छन् र फर्काइन्छ भनिनुपर्छ’, उनले भने, ’गाउँले बलदेवले लेखको कविता जस्तो नहोस्। ’बाहिर हेर्दा नेपाली परन्तु अर्कै भइसके, उनले देउवा नेतृत्वको सरकारलाई परमादेशको संज्ञा दिँदै नेपाली फर्किने मिति तोक्न पनि माग गरे। ’त्यहाँ पनि उनीहरु आँसुमा छन्’, उनले भने, ’यता नेपालीका परिवार छटपटिएका छन्।’