ओलीको बोली : पार्टी फुटाउन खोजे कांग्रेसलाई महंगो पर्ने

होमल्याण्ड खबर

२०७८ भाद्र १ गते, मंगलवार १६:२७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताए । गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गरेको ओलीले बताए ।

एमालेले गलत मनशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन सरकारलाई चेतावनी दिएको एमाले नेता गोकुल बास्कोटाले बताए । बैठकले विभिन्न चारवटा प्रस्ताव पनि पारित गरेको छ ।