राष्ट्रपति कार्यालयमा अझै दर्ता भएन अध्यादेश

होमल्याण्ड खबर

२०७८ भाद्र १ गते, मंगलवार १६:५० मा प्रकाशित

राष्ट्रपति कार्यालयमा राजनीतिक दलसम्बन्धी अध्यादेश अझै दर्ता भएको छैन । अहिले कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति कार्यालयमा छन् । राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालले कानुनमन्त्री कार्की राष्ट्रपति कार्यालयमा रहेको जानकारी दिए ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारी र कार्कीबीच अध्यादेशबारे छलफल भइरहेको छ ।