२९ फाल्गुन २०८२, शुक्रबार
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ। संसद सचिवालयलाई उनीहरुलाई सांसद पदबाट मुक्त गर्न पत्रसमेत पठाउने तयारी एमालेले गरेको छ भने यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइने भएको छ।
प्रतिनिधसभाका नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमार झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो।मंगलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको नेतृ शान्ता चौधरीले देशसञ्चारसँग जानकारी गराइन्।


कारवाहीमा पर्ने सांसदको सुची
१. माधवकुमार नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी