२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीबारे टुंगो लगाएको छ । बुधबारको नेपालपक्षको बैठक पछि पार्टीको नाम नेकपा एमाले समाजवादी रहने गरि टुंगो लगाएको हो । चुनाव चिह्न भने खुला किताब राखिएको छ ।
नेपाल पक्षले बुधबारै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । सरकारले फुटको संघारमा पुगेको नेकपा एमालेको नेपाल पक्षलाई सहज हुने गरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उक्त पक्ष एमालेबाट छुट्ने निष्कर्षमा पुगेको हो । राष्ट्रपतिकहाँ सिफारिसका लागि पुगेको अध्यादेश केहि बेरअघि मात्रै प्रमाणीकरण भएको छ ।

