२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (एमाले)मा आएको संकटकैबीच बागमती प्रदेश सरकारमा नयाँ घटनाक्रम विकास भएको छ।
मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् र उनको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ । हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको एमाले प्रदेश सभा सदस्य रचना खड्काले बताइन्। शाक्य अब बागमतीको मुख्यमन्त्री बन्नेछिन्।
यसअघि उनलाई मुख्यमन्त्री बनाउन जोडबल गरिएपनि अध्यक्ष केपी शर्मा ओलीले मानेका थिएनन्। शाक्य यसअघि नेपाल पक्षमा थिइन्। तर, नेपालले नयाँ पार्टी गठन गर्ने तयारी गर्दा उनले आफू विभाजनमा नलाग्ने बताएकी थिइन्।

