१० बुँदे सहमतिको बाटोबाट अघि बढ्न हामी प्रतिवद्ध छौं : शंकर पोखरेल

होमल्याण्ड खबर

२०७८ भाद्र ३ गते, बिहीबार १२:१० मा प्रकाशित

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न आफूहरू प्रतिवद्ध रहेको बताएका छन्।

बुधबार नेपालले नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएकोप्रति टिप्पणी गर्दै पोखरेलले नयाँ पार्टी खोल्नु दुःखद् भएको बताएका छन् ।

’पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य हो। सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाऔं’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।