२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल दर्ताका लागि पुनः निवेदन दिनुपर्ने भएको छ ।
नेताहरूले पुनः राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम पाँचमा संशोधन भएपछि बन्ने कार्यविधि अनुरुप निवेदन दिनुपर्ने भएको हो । निर्वाचन आयोगले कार्यविधि अनुरुप निवेदन दिएपछि मात्रै दर्ता प्रक्रिया सुरु हुने जनाएको छ ।


बुधबार पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामक राजनीतिक दल दर्ताका लागि निवेदन दिएका थिए ।
अब पुनः आयोगको फरम्याटमा निवेदन दिएपछि दर्ता प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।