अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती नियुक्त

होमल्याण्ड खबर

२०७८ भाद्र ४ गते, शुक्रबार ११:४० मा प्रकाशित

सरकारले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो ।

तेह्रथुमका उप्रेतीले अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा पनि काम गरेका थिए ।

त्रिविमा प्राध्यापनरत उप्रेतीलाई शर्माले ऊर्जामन्त्री हुँदा विद्युत् उत्पादन कम्पनीको विज्ञ सदस्यका रूपमा नियुक्त गरेका थिए । उप्रेती अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अध्ययन गर्ने अमेरिकाको क्यालिफोर्नियास्थित टेट्राटेकमा पनि विज्ञका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।