२९ फाल्गुन २०८२, शुक्रबार
काठमाडौं माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पार्टीको नाम नेकपा एमाले (समाजवादी) अस्वीकृत भएको छ ।
आयोगले अर्को पार्टीसँग मिल्दोजुल्दो नाम नराख्न भनेपछि माधव नेपाल समूहले पार्टीको नामका लागि नयाँ विकल्पमा छलफल गर्ने भएको छ । नेपाल समूहले प्रस्ताव गरेको पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्न आयोगले अस्वीकृत गरेपछि सो समूहले पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राख्ने तयारी गरेको छ।


सो विषयमा निर्णय गर्न पार्टीको बैठक बस्न लागेको नेपाल पक्षका एक सांसदले जानकारी दिए ।