ताराको भाइकिङ ४०० ट्विनअटर बिमान काठमाडौंमा

होमल्याण्ड खबर

२०७५ श्रावण ६ गते, आईतवार ०५:२२ मा प्रकाशित

तारा एअरको नयाँ नयाँ टिव्नअटर बिमान शनिबार साँझ काठमाडौं अवतरण गरेको छ । कम्पनीको नयाँ भाइकिङ ४०० श्रृंखलाको बिमान सेसेयल्स, माल्दिम्स, भारत हुँदै काठमाडौं आइपुगेको हो ।

यस श्रृंखलाको बिमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे, पवन सिंह नगरकोटी तथा प्रविधिक सहयोगार्थ इन्जिनियर जगत लामा रहेका छन् । चालकदलका साथमा नेपला जागरिक उड्ययन प्रधिकरणका तर्फबाट एअर वर्दिनेस इनिस्पेक्टर इजिनियर बिधान श्रेष्ठ रहेका छन् ।

भाइकिङ ४०० श्रृंखलाको यस ट्विनअटर बिमानले लुक्ला, डोल्पा, रारालगायत चुनौतिपूर्ण बिमानस्थलहरुमा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।  सो बिमानलाई प्रधिकरणले नाईन एन – एएलओ दर्ता नम्बर प्रदान गरेको छ ।

नयाँ बिमानले नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा योगदान पुर्याउने तारा एअरको प्रस विज्ञप्तिमा उल्लेख छ ।