२९ फाल्गुन २०८२, शुक्रबार
आगामी मंसिरमा हुने महाधिवेसनको कार्यतालिका नजिकिँदै जाँदा पनि क्रियाशिल सदस्यता विवाद भने अझै सुल्झन सकेको छैन ।
गत २ गते विवाद समाधानका लागि दिएको मिति गुज्रिँदा पनि विवाद समाधान हुन नसकेको हो । महाधिवेसनका लागि भदौ १८ बाट वडा अधिवेसन सुरु गर्ने तालिका रहेकामा क्रियाशिल सदस्यता विवाद सुल्झन नसक्दा आम कार्यकर्तामा आशंक बढेको छ । तर पार्टीले भने आजसम्ममा विवाद समाधान गर्ने बताएको छ ।


‘आज दिनभरमा विवाद समाधान गर्ने गरी प्रयास भइरहेको छ । विवाद समाधानका लागि तोकिएको समय भन्दा केही ढिला भएकै हो । तर हामी आज साँझसम्म विवाद समाधान गरेर सभापतिलाई प्रतिवेदन बुझाउने तरखरमा छौं,’ समितिका सदस्य रमेश लेखकले बताए ।
यदि आज भोलीमा विवाद समाधान नहुने हो भने महाधिवेसनको कार्यतालिका प्रभावित हुने निश्चित जस्तै देखिन्छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम २ भदौभित्र सहमति गरेर ३ भदौमा केन्द्रीय सभापतिलाई बुझाउन समय दिएको थियो । तर सो समयमा समितिले विवाद समाधान गरेर प्रतिवेदन बुझाउन नसकेको हो ।