१० बुदे सहमति कार्यन्वयन गर्न माग गर्ने नेताहरु ओलीलाई भेट्न बालकोट पुगे

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १२:४४ मा प्रकाशित

पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु ओलीलाई भेट्न ओलीको निजी निवास बालकोट पुगेका हुन् । उनीहरुले पार्टी एकताका लागि अध्यक्ष ओलीलाई आजसम्म १० बुदे सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका थिए । सोही विषयमा छलफल गर्न उनीहरु बालकोट गएका हुन् । 

एमालेको माधवकुमार नेपाल समूहमा रहेका उनीहरु माधव नेपाल समूले निर्षचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएपछि तटस्थ बसेका छन् । आयोगले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी)  पार्टी नेपाल दर्ताका लागि भदौ ९ गते  दल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्ने भएको छ । त्यसका लागि दुवै दललाई आयोगमा बोलाएको छ ।  

नेपाल समूहका नेताहरुले नयाँ पार्टीमा गर्नुअघि नै उपाध्यक्ष रावल, उपमहासचिव भुसाल, सचिव विष्ट लगायतका नेताहरुले ओलीलाई असार  २७  गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

अध्यक्ष ओली पक्षका नेताहरुले भने १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन् ।