प्रमुख प्रतिपक्ष नेकपा एमालेले रोस्टम घेराउ गरेपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १४:१५ मा प्रकाशित

लुम्बिनी प्रदेश सभाको सोमवार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन । सूर्य चिह्नबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने अडानमा छ ।

भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन । अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने एमालेले बताएको छ ।