एमाले सांसदको विरोधका बीच मुख्यमन्त्रीले विश्वासको मत लिँदै

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १६:०० मा प्रकाशित

 नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभा सचिवालयले जारी गरेको कार्यसूचीमा संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्रीले वक्तव्यसहित आफूमाथि प्रदेशसभामा विश्वासको मत छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल गरी सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरिएको छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि साउन ३२ गते नै प्रदेशसभा सचिवालयमा सूचना दिएको उल्लेख गरिएको छ ।