कुलमानको नियुक्तिविरुद्धमा शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार ११:५१ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा परेको छ । रिट जबराको इजलासमा दुई नम्बरमा छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएर आफूलाई पुनर्बहाली गर्न माग गर्दै शाक्यले दिएको रिटमा गएको बुधवार बहस हुन सकेको थिएन । आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि कारणविना गैरकानुनी ढङ्गले हटाइएको शाक्यले दाबी गरेका छन् ।