२९ फाल्गुन २०८२, शुक्रबार
अन्ततः नेपाली कांग्रेसमा रहेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । हिजो साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा.मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै बुढानीलकण्ठस्थित देउवा निवासमा स्भापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका थिए ।
समितिले बिबाद समाधान गरि नमिलेका ठाउँहरुको बिबादलाई थाती राख्दै महाधिवेशनको प्रक्रिया अगाडि बढाउने गरि प्रतिवेदन बुझाएको हो ।


क्रियाशील विवादको समाधानका लागि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरु उपस्थित थिए ।
कांग्रेसले भदौ १८ देखि वडा अधिवेशनको मिति तय गरेको छ । क्रियाशील सदस्यता विवाद टुंगिएपछि अब अधिवेशनको मार्ग प्रसस्त भएको छ । कांग्रेसले मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
हेर्नुहोस् के छ विवाद समाधान प्रतिवेदनमा :

