२९ फाल्गुन २०८२, शुक्रबार
क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न माग गर्दै मंगलबारबाट धर्नामा बसेका कांग्रेस जिल्ला सभापतिहरुसँग क्रियाशिल विवाद समाधान समितिले वार्ता गर्ने भएको छ । समितिले वार्ताका लागि सभापतिहरुलाई आज बोलाएको छ । समिति सदस्य मीनेन्द्र रिजाको निवासमा सभापतिहरुलाई बोलाइएको जानकारी दिइएको छ ।
जिल्ला सभापतिहरुले क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक नहुञ्जेल धर्नामा बस्ने बताएका छन् ।


सदस्यता वितरणमा मनोमानी भएको हुन सक्ने जिल्ला सभापतिहरुको आशंका रहेको छ । फर्जी क्रियाशील सदस्यता दिइएको भए खारेज हुनुपर्ने उनीहरूको माग छ ।