२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रसको संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूले आजदेखि रिले अनसनमा सुरु गर्ने भएका छन । क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने लगायत माग राखेर मंगलबार पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका उनीहरूले आजबाट रिले अनसन सुरु गर्ने भएका हुन ।
तीन बुँदे मागसहित बस्न लागएिको २४ घण्टे रिले अनसनको पहिलो दिन आज काभ्रेका सभापति मधु आचार्य, नुवाकोटका जगदीश्वर नरसिंह केसी र धदिङका रमेश धमला अनसन बस्न लागेको सिन्धुपाल्चोकका जिल्ला सभापति विकाश लामाले जानकारी दिए । उनकाअनुसार उनीहरू २४ घण्टा बसेपछि अन्य जिल्लाका तीन जना बस्ने छन ।


मंगलबार धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरू शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापालगायतले ऐक्यबद्धता जनाएका थिए । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने मिति तोकिएको छ । सोही कार्यक्रमअन्तरगत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गर्ने कार्यतालिका छ ।