२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकिकृत समाजवादी)को दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता खनालको सनाखत भारतको नयाँ दिल्लीबाट भएको जानकारी दिए ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता लागि निर्वाचन आयोगले बुधबार सनाखत गर्न बोलाएको थियो ।


नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन् । उता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यसरी व्यक्ति उपस्थित नभई गरिएको सनाखत मान्य नहुने बताएका छन् ।