२९ फाल्गुन २०८२, शुक्रबार
महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा १४ सांसदले हस्ताक्षर गरेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।
त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो । १४ सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ ।

