औपचारिक रूपमै विभाजन भयो एमाले, माधव नेतृत्वको नयाँ पार्टीले पायो वैधता

होमल्याण्ड खबर

२०७८ भाद्र ९ गते, बुधबार २१:११ मा प्रकाशित

संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ ।

माधवकुमार नेपालको नेतृत्वमा एमालेका ५५ सांसदले नेकपा एकीकृत समाजवादी नामको पार्टी दर्ता गरेका हुन ।

नेकपा एकीकृत समाजवादी पार्टीलाई आज निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको हो । आयोगको निर्णयसँगै नयाँ पार्टीले प्रमाणपत्र पनि पाएको छ ।

एमालेबाट अलग भएर माधवकुमार नेपाल समूहाले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । आज भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमा पनि फुटेको छ ।

नयाँ दलले मान्यता पाएसँगै माधवकुमार नेपालको पार्टीले संसद्मा पनि संसदीय दल गठनको अवसर पाउने छ ।

नेकपा एकीकृत समाजवादीको पक्षमा साविकको एमाले केन्द्रीय कमिटीका ५५ सदस्य र संघीय संसदका ३० सांसदले हस्ताक्षर सनाखत गराएका छन ।

३० बाहेक अन्य चार सांसदले पनि माधव नेपालको पक्षमा लाग्ने जनाउ दिएका छन । तर दल दर्ताको निवेदनमा उनीहरूको हस्ताक्षर नभएका कारण आयोगले आज सनाखत गर्न अस्वीकार गरेको हो ।