ओलीमाथि नेपालकाे आराेप : ओलीले जनताका एजेण्डालाई तिलाञ्जली दिए

होमल्याण्ड खबर

२०७८ भाद्र १० गते, बिहीबार १५:१५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय सुरू गरेको बताएका छन । ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्नुबाहेक विकल्प नदेखेपछि कम्युनिष्ट आन्दोलनमा नयाँ अध्याय सुरू गरेको बताए ।

एमालेको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धार निर्माण गरेको बताउँदै आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेता नेपालले नयाँ पार्टी निर्माणको यात्रा निकै कठीन भएको समेत उल्लेख गरे ।