२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन । सभापतिको उम्मेदवारीको तयारी गरिरहेका निधिले भोलि सम्पर्क कार्यालय शुभारम्भ गर्दै छन । बानेश्वरस्थित बानेश्वर बैंकेटमा सम्पर्क कार्यालय शुभारम्भ गर्न लागिएको निधिले जानकारी दिए ।
अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएका निधिले यसपटक भने आफैं सभापतिका लागि तयारी गरेका छन ।


नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्को सातादेखि सुरु हुँदै छ । भदौ १८ गतेदेखि वडा तहको अधिवेशन प्रारम्भ हुँदै छ । मंसिर १३ गते कांग्रेसको १४औं म