३८ जिल्लाका काँग्रेस क्रियाशील सदस्यको नामावली निर्वाचन समितिमा

होमल्याण्ड खबर

२०७८ भाद्र ११ गते, शुक्रबार ११:१० मा प्रकाशित

नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाउनु भएको हो । निर्वाचन समितिलाई वडा, पालिका, क्षेत्रीय प्रदेश र प्रतिनिधिसभा र जिल्ला अधिवेशनका लागि चारप्रति क्रियाशील सदस्य नामावली बुझाइएको छ । निर्वाचन समितिलाई बुझाइएको क्रियाशील सदस्यको नामावलीमा प्रदेश १ का १० जिल्ला छन् ।

यसैगरी बागमती प्रदेश का ४, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशका ५ जिल्लाका क्रियाशील सदस्यता टुंगो लागेको छ भने कर्णाली प्रदेशका ४ तथा सुुदूरपश्चिम प्रदेशका ५ जिल्लाको क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाइएको छ ।