२९ फाल्गुन २०८२, शुक्रबार
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा आज हुने भनिएको सुनुवाइ रोकिएको छ । विपक्षी कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम आज उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।
आलमको मुद्दामा आज न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आज पेसी तोकिएको थियो ।


२०७० सालको आम निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्र रौतहटमा ज्यूँदै मानिसलाई इँटा भट्टामा जलाएको आरोप उनीमाथि छ ।
उच्च अदालत पाटनको आदेश अनुसार आलमलाई थुनामा रहेका थिए । त्यस्तै उक्त आदेशविरुद्ध आलमले अदालतमा निवेदन दिएका थिए । आलम अदालतको आदेशअनुसार २०७६ साल असोज २६ गते पक्राउ परेका थिए ।