सभापतिको उम्मेदवारी कसैलाई पराजित गर्न होइन : निधि

होमल्याण्ड खबर

२०७८ भाद्र ११ गते, शुक्रबार १५:०० मा प्रकाशित

नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको बताएका छन । बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालयको शुभारम्भ गर्दै निधिले चुनावमा नेपाली कांग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताउँदै उनले आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको समेत बताए ।

‘कसैलाई पराजित गराउन उम्मेदवारी दिएको होइन । जनतालाई एकै साथ जोड्न हो,’ उनले भने,’ रुख छाप नेपालको राष्ट्रियता जगेर्ना गर्ने छाप हो । यही कुरा फैलाउन मैले कांग्रेसको सभापतिमा उम्मेदवारी दिन तयारी गरेको हो ।’

निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन समेत जनाए ।

‘जिल्ला सभापतिहरूको माग ठीक हो । सबैले थाह पाउनुपर्छ क्रियाशील सदस्यताको सूची’ उनले भने ।