२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ । काँग्रेसको आसन्न १४ औँ महाधिवेशन हुनेरनहुने अन्यौल रहेका बेला मनाङले सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको हो ।
सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए । बाँकी पदाधिकारी पनि टुंगो लागिसके पनि नाम सार्वजनिक भइसकेको छैन ।

