२२ गतेभन्दा अगाडि मन्त्रिमण्डल विस्तार हुन नसक्ने माधव नेपालको दाबी

होमल्याण्ड खबर

२०७८ भाद्र १७ गते, बिहीबार १४:३७ मा प्रकाशित

नेकपा एसका अध्यक्ष माधव नेपालले तत्काल मन्त्रिमण्डल विस्तार नहुने दाबी गरेका छन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले २२ गतेभन्दा अगाडि मन्त्रिमण्डल विस्तार हुन नसक्ने दाबी गरेका हुन् ।

‘२२–२३ गतेसम्म कसैले पनि चुँइक्क गर्दैन,’ उनले भने । त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि मन्त्रिमण्डल विस्तार हुने बताए । बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कठिन परिस्थितिमा गठन भएकाले सरकारले २२ गतेपछि पूर्णता पाउने बताए ।

‘कठिन परिस्थितिमा सरकार गठन भएको हो । कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउँछ । पूर्णता पाएपछि सरकार स्मुथ्ली अगाडि बढ्ने छ,’ उनले भने, ‘अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको छ । गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद छैन ।’